बञ्चरो प्रहार गरी दाइले गरे भाइको हत्या
शुक्रबार, १३ असार २०८२, १९ : २८
अर्घाखाँची । अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर वादीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
डीएसपी मल्लका अनुसार घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण