कसरी भयो एकै वर्षमा एसईईको नतिजामा सुधार ?
सारांश
- २०८० को एसईई परीक्षामा ५२% विद्यार्थी अनुत्तीर्ण भएपछि प्रधानमन्त्री ओली आक्रोशित भए।
- प्रधानमन्त्रीले २०८१ मा ७०% पास गराउन निर्देशन दिएपछि नतिजा सुधारका लागि कार्यदल गठन भयो।
- २०८१ सालमा नतिजा सुधार गर्दै ६१.८१% विद्यार्थी उत्तीर्ण भए, जसलाई सरोकारवालाको मेहनतको फल भनियो।
काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४७.८६ प्रतिशत विद्यार्थी पास भएका थिए । अर्थात ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (फेल) आयो ।
५२ प्रतिशत विद्यार्थी फेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकै आक्रोशित बने । प्रधानमन्त्री ओलीले २०८१ सालको नतिजामा ७० प्रतिशत पास गराउने गरी तयारी मातहतका निकायलाई निर्देशन दिए ।
सोही अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नतिजा सुधार गर्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । भने प्रधानमन्त्री ओली शिक्षकहरूप्रति आक्रोशित बनेका थिए । ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकहरूको तनखा (तलब) बढाउनुपर्ने भन्दै उनी निकै आक्रोशित बनेका थिए ।
तर, २०८१ सालको नतिजामा भने सुधार देखिएको छ । ६१.८१ प्रतिशत विद्यार्थी पास भए । अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशत विन्दु ले सुधार आएको छ ।
एकै वर्षमा नतिजामा कसरी सुधार आयो भन्ने प्रश्नमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै सरोकारवालाको मेहेनतको फल भएको बताएका छन् ।
कमजोर नतिजाका विषयमा संसद्मा समेत आवाज उठेको थियो । अध्यक्ष शर्माले नतिजा सुधार गर्नका लागि देशभरका पालिकाहरूलाई सोही अनुसार निर्देशन गएको बताए ।
‘गत वर्षको नतिजालाई विश्लेषण गरेर प्रत्येक स्थानीय पालिका पालिकामा तपाईँहरूको नतिजा यो यो विषयमा कमजोर छ, कमजोर नतिजालाई सुधार गर्नका लागि शिक्षण सिकाइमा जुन विषयको कमजोर त्यो विषयको पठनपाठनलाई बढी केन्द्रित गर्न भनेर हामीले निर्देशन गरेका थियौँ,’ अध्यक्ष शर्माले भने ।
त्यसबाहेक शिक्षा मन्त्रालयले समेत आवश्यक गृहकार्य गरेको उनको भनाइ छ । जसले गर्दा विद्यार्थीको नतिजामा सुधार आएको बताए । आगामी दिनमा समेत राम्रो नतिजा ल्याउन सबै सरोकारवाला सबैको साथ र सहयोग चाहिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण