भारी वर्षा
लुम्ले क्षेत्रमा भारी वर्षा, खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम
शनिबार, १४ असार २०८२, ०३ : ५८
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा भारी वर्षा भएको छ।
- वर्षाका कारण खोलामा बहाव बढ्न सक्ने र पहिरोको जोखिम रहेको बताइएको छ।
- विभागले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडाैँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बिहान ३ः२५ बजे कास्कीको लुम्ले र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरेको छ। विभागले अझै पनि वर्षा जारी रहने सम्भावना रहेको बताएको छ।
वर्षाका कारण सो क्षेत्र हुँदै बहने साना खोलामा आकस्मिक रूपमा बहाव बढ्न सक्ने सम्भावना रहेको र कमजोर तथा भिरालो भू–भागमा पहिरोको खतरा पनि उच्च रहेको विभागले जनाएको छ।
स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, खोला किनार तथा भिरालो स्थानबाट टाढा रहन र विभाग तथा स्थानीय प्रशासनबाट आउने सूचनालाई ध्यानपूर्वक पालन गर्न विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण