बंगलादेशमाथि श्रीलंकाको फराकिलो जित
सारांश
- श्रीलंकाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ७८ रनले पराजित गर्दै शृंखला १-० ले जित्यो।
- पहिलो इनिङ्समा श्रीलंकाले ४५८ रन बनाउँदा बंगलादेशले १३३ रन मात्र बनायो।
- पबाथ जयसूर्याले ५ विकेट लिए भने श्रीलंका आईसीसी टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा उक्लियो।
कोलम्बो । बंगलादेश विरुद्धको दुई टेस्ट खेलको शृंखला श्रीलंकाले १-० ले जितेको छ। कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ्स र ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
बंगलादेशले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो । श्रीलंकाले आफ्नो पहिलो इनिङमा ४५८ रन बनाउँदै पहिलो इनिङमा २११ रनको अग्रता लिएको थियो।
बंगलादेशको दोस्रो इनिङ १३३ रनमा समेटियो। बंगलादेशलाई सस्तोमा समेट्न पबाथ जयसूर्याले ५ विकेट लिए । धनञ्जय डी सिल्भा र थारिन्दु रत्नायकेले २-२ विकेट तथा असिथा फर्नान्डोले १ विकेट हात पारे । श्रीलंका र बंगलादेशबिच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
यो टेस्ट शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ को हिस्सा हो। यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अष्ट्रेलिया पहिलो स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण