जिल्लामा शिक्षा कार्यालय राख्न शिक्षा समितिमा सहमति
सारांश
- शिक्षा समन्वय इकाई राख्न शिक्षा समितिमा सहमति जुटेको छ।
- समितिका सदस्यहरूले संघीयताको मर्म र कानुनको प्रतिकुल नहुने गरी प्रस्ताव पारित गरेका हुन्।
- इकाईले विद्यालय नक्साङ्कन, शैक्षिक तथ्याङ्क सङ्कलन, र शिक्षक प्रोत्साहन जस्ता कार्यहरू गर्नेछ।
काठमाडौँ । जिल्लामा शिक्षा समन्वय इकाई राख्न शिक्षा समितिमा सहमति भएको छ । आजको शिक्षा समिति बैठकका सभापति अम्मरबहादुर थापाले शिक्षा समन्वय इकाई राख्ने प्रस्ताव राखेका थिए। त्यसमा समिति सदस्यहरूले सहमति जुटाएका हुन्।
सङ्घीयताको मर्म तथा कानुनको प्रतिकुल नहुने गरी प्रस्ताव पारित गरिएको हो। शिक्षा विधेयकका विवादित विषय मध्ये निजी विद्यालय, इसीइडी र एसईईको विषय टुङ्ग्याएपछि समिति एकाइका विषयमा प्रवेश गरेको हो ।
उपसमितिका संयोजक छविलाल विश्वकर्माले समितिको बैठकमा इकाई राख्नुपर्ने कारणसहित प्रस्ताव पेस गरेका थिए । प्रत्येक जिल्लामा प्रदेश सरकारको शिक्षा सम्बन्धी काम समेत गर्ने गरी इकाई राख्नुपर्ने प्रस्ताव राखेका हुन् ।
विद्यालय नक्साङ्कन, विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण, जिल्लाको शैक्षिक तथ्याङ्क सङ्कलन, विद्यालयको सम्पत्तिको अभिलेख राख्ने, विद्यार्थीले प्राप्त गरेको नतिजाको आधारमा, उत्कृष्ट देखिएका शिक्षक तथा विद्यालयलाई पुरस्कार तथा प्रोत्साहनको सिफारिस, स्थानीय तहसँग समन्वय गर्न, सङ्घीय, प्रदेश, बोर्ड र आयोगले तोकेको काम गर्ने एकाइको काम गर्ने गरी एकाइ तोक्नुपर्ने उनको प्रस्ताव थियो। उक्त प्रस्ताव समितिले सर्वसम्मत रूपका पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण