शिक्षकको आवधिक बढुवाबारे शिक्षा समितिमा सहमति
शनिबार, १४ असार २०८२, १७ : ५७
सारांश
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको आवधिक बढुवासम्बन्धी प्रस्तावमा सहमति जनाएको छ।
- समितिको बैठकमा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा गरेका शिक्षक बढुवाका लागि योग्य हुने निर्णय गरियो।
- समिति सदस्यहरूले प्रस्ताव पारित गर्न सर्वसम्मत सहमति जनाए।
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको आवधिक बढुवासम्बन्धी प्रस्तावमा सहमति जनाएको छ। शनिबार बसेको समितिको बैठकमा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकलाई आवधिक बढुवाका लागि योग्य ठहर गरिने निर्णयमा सहमति जुटेको हो।
बैठकमा प्रस्तावमाथि सदस्यहरूले आआफ्नो धारणा राखेका थिए। छलफलपछि समितिका सदस्यहरूले प्रस्ताव पारित गर्न सर्वसम्मत सहमति जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण