१० खेलाडीमा सीमित बेन्फिकालाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा
सारांश
- चेल्सीले बेन्फिकालाई हराएर फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गर्यो, खेल अतिरिक्त समयमा गयो।
- खेल खराब मौसमका कारण रोकिए पनि, चेल्सीले १० खेलाडीमा सीमित बेन्फिकाविरुद्ध जित हासिल गर्यो।
- क्रिस्टोफर एनकुन्कु, पेद्रो नेटो र किअर्नन ड्युब्स्बरी-हलले गोल गरे भने एन्जल डि मारियाले बेन्फिकाका लागि पेनाल्टी गोल गरे।
चार्लोट । १० खेलाडीमा सीमित बेन्फिकाविरुद्ध अतिरिक्त समयमा तीन गोल गर्दै चेल्सीले अद्भुत शैलीमा फिफा क्लब विश्वकपको अन्तिम १६ को खेल जितेको छ। यो खेल चार घन्टाभन्दा बढी लामो चल्यो र मौसम खराबीका कारण करिब दुई घन्टासम्म रोकिएको थियो।
अमेरिकाको नर्थ क्यारोलिना राज्यको चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा भएको खेलको अतिरिक्त समयको दोस्रो हाफमा क्रिस्टोफर एनकुन्कु, पेद्रो नेटो र किअर्नन ड्युब्स्बरी-हलले गोल गर्दै चेल्सीलाई क्वाटरफाइनलमा पुर्याए।
खेलको नियमित समयमा चेल्सीले जित निकाल्ने संकेत दिइसकेको थियो, जब रीस जेम्सले ६४औँ मिनेटमा गरेको उत्कृष्ट फ्रिकिक गोलमार्फत अग्रता दिलाएका थिए।
तर खेल सकिन चार मिनेट बाँकी रहँदा खराब मौसमका कारण खेल रोकिएको थियो। लगभग दुई घण्टापछि खेल पुनः सुरु भएपछि बेन्फिकाले पहिलो नै प्रहारमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्यायो।
यो गोल एञ्जेल डि मारियाले पेनाल्टीमार्फत गरे । उनले चेल्सीको ह्याण्डबलको फाइदा उठाउँदै ९४औँ मिनेटमा स्कोर बराबरीमा ल्याए।
९६औँ मिनेटमा र अतिरिक्त समयको पहिलो मिनेटमा गिआनलुका प्रेस्टियानीले दुई पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए ।
अन्ततः चेल्सीले खेलाडीको सङ्ख्यात्मक फाइदा उठाउँदै तीन गोल थप्यो र ब्राजिलको पाल्मेराससँग शुक्रबारको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
७४,८६७ दर्शक क्षमता भएको रंगशालामा केवल २५,९२९ दर्शक मात्र उपस्थित थिए। खेलमा चेल्सीका डिफेन्डर बेनोइट बाडियाशिल घाइते भएर मैदान छोड्नुपर्यो भने स्टार मिडफिल्डर मोइसेस काइसेडोले दोस्रो पहेँलो कार्ड पाएर आगामी खेलबाट निलम्बन भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण