जनार्दन शर्माको प्रश्न- न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छोड्नुहुन्छ भन्ने आधार के हो ?
आइतबार, १५ असार २०८२, १० : ०४
सारांश
- माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई निष्पक्ष न्यायको आधारबारे प्रश्न गरे।
- शर्माले नेपाल बारको पूर्वअध्यक्ष भएकाले निष्पक्ष न्यायमा प्रश्न उठेको बताए, बारको राजनीतिक पक्षधरतामाथि पनि प्रश्न उठाए।
- सांसद शर्माले मुद्दाको सुनुवाइ ढिलो हुँदा न्याय हुन्छ कि हुदैन भनी प्रश्न उठाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।
आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् ।
केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए । बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर उनले गरे ।
सांसद शर्माले मुद्दाको सुनुवाइ ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण