एकीकृत समाजवादीको सचिवालय बैठक : घनश्याम र झलनाथ बोलेपछि समापन
सारांश
- एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले धारणा राखेका छन्।
- बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोध भनियो।
- बैठकले अध्यक्षको जिम्मेवारी परिवर्तन नगर्ने निष्कर्ष निकाल्यो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम सकिएको छ ।
शुक्रबारबाट सुरु भएको सचिवालय बैठकमा शनिबारसम्म नेता खनाल र महासचिव भुसालबाहेक अरू नेताहरूले आफ्नो धारणा राखिसकेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
‘आज सम्मानित नेता खनाल र महासचिव भुसालले धारणा राखेपछि अध्यक्षले बैठक समापन गर्नुहुन्छ’, उपाध्यक्ष ज्वालाले भने, ‘आइतबार दिउँसो १ बजे बैठक बस्दै छ ।’
बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको सो पार्टीले निष्कर्ष निकालेको छ । साथै भ्रष्टाचार मुद्दा दायर भएपछि अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको अवस्थामा दलको बैठक बसेर दलको नेता परिवर्तन गर्ने तर अध्यक्षको जिम्मेवारी अरू कसैलाई दिइरहनु नपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
‘दलको नेताको हकमा बैठक बसेर निर्णय गर्ला तर अध्यक्षको हकमा छोड्नुपर्ने वा विकल्प खोज्नुपर्ने अवस्था होइन’, ज्वालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण