‘जहाजैमा’ सौगातको इन्ट्री
आइतबार, १५ असार २०८२, १० : ४८
सारांश
- अभिनेता सौगात मल्ल फिल्म 'जहाजैमा' मा अनुबन्धित भएका छन्।
- सौगात मल्लले फिल्मको कथा फरक भएकोले नयाँ अभिनय गर्ने बताए।
- कृषा चौलागाईको निर्देशन रहने फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।
काठमाडौँ । फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्लको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर मल्ललाई अनुबन्धित गरेको हो ।
फिल्मको कथा अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न भएकोले आफू ‘जहाजैमा’मा जोडिएको अभिनेता मल्लले बताए । उनले फिल्मका लागि आफूले पनि नयाँ अभिनय पस्किने धारणा राखे ।
कृषा चौलागाइको निर्देशन रहने फिल्ममा यसअघि केदार घिमिरे र जापानीज अभिनेत्री रुजेल इचिमिया छानिएका थिए । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।
फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण