क्याप्टेन विजय लामाले भने– विद्या भण्डारी राजनीतिमा फर्केको सुन्दा नमज्जा लाग्यो, कठै कस्तो साँघुरो सोच !
सारांश
- क्याप्टेन विजय लामाले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा फर्किने घोषणाप्रति टिप्पणी गरेका छन्।
- उनले भण्डारीको निर्णयलाई साँघुरो सोचको रूपमा व्याख्या गर्दै दुख व्यक्त गरे।
- भण्डारीले शनिबार आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
काठमाडौँ । क्याप्टेन विजय लामाले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरेको विषयमा टिप्पणी गरेका छन् । उनले भण्डारी सक्रिय राजनीतिमा फर्किएको सुन्दा नमज्जा र दुःख लागेको उल्लेख गर्दै यो उनको साँघुरो सोच भएको पनि बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो । यदि सत्य हो भने एक हैन दुई दुई काल राष्ट्रपति भएर बसिसक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाई ? कठै कस्तो साँघुरो सोच !’
उनले भण्डारीको निर्णयबाट अझै पनि नेपालीले आफ्नै राष्ट्रपति पाएको रहेनछ भन्ने थाहा भएको बताएका छन् । ‘फेरि खुम्चिनु लाग्नु भएको हो एउटा पार्टीको मात्र बनेर ? अब हामी सबैलाई थाहा भयो कि हामी नेपालीले हाम्रो आफ्नै राष्ट्रपति पाएका रहेन छौ भनेर !’
शनिबार मात्रै भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण