जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल
सारांश
- एमाले सांसद तुलसाकुमारी दाहालले जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताइन्।
- उनले बजेट विनियोजनमा जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताइन्।
- दाहालले जनसङ्ख्या नीति परिमार्जन गरी ग्रामीण विकासका योजना बनाउनुपर्ने बताइन्।
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले बजेट विनियोजनमा जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताएकी हुन् ।
उनले कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरिन् ।
उनले भनिन्, ‘जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्छ । कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन भएको छैन । जनसङ्ख्याको आधारमा बजेट विनियोजन भएको छैन । यसै गरी राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक छ ।’
सांसद दाहालले खानेपानीका मुहानहरूको संरक्षणमा पनि जोड दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण