महालेखाको वार्षिक प्रतिवेदनमाथि कार्यतालिका बनाएर समितिमा छलफल चलाउँछु : सभापति पोखरेल
सारांश
- सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखाको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने बताए।
- उनले बेरुजु फर्छ्यौट समयमै टुङ्ग्याउन र लेखा परीक्षणको गुणस्तर सुधार गर्न जोड दिए।
- लेखा समिति र महालेखा परीक्षक कार्यालयको सहकार्यमा आगामी दिनमा सुधार गरिने कुरा बताए।
काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखाको वार्षिक प्रतिवेदनमाथि आगामी दिनमा कार्यतालिका नै बनाएर समितिमा छलफल चलाउने बताएका छन् ।
महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विगतका केही वार्षिक प्रतिवेदनमाथि लेखा समितिमाथि छलफल हुन ढिलाइ हुँदा एकातर्फ सोको सान्दर्भिकता नै हराएको र अर्कोतर्फ एउटै कार्यका लागि धेरै पक्षको समय, मेहनत खेर गइरहेको बताएका हुन् ।
सभापति पोखरेलले भने–‘लेखा समितिको प्रयासले मात्रै बेरुजु फर्छ्यौट नहुने हुँदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको मर्मअनुसार सोही वर्ष भित्र नै बेरुजु फर्छ्यौट टुङ्ग्याउने गरी निकाय तथा कार्यालयहरूले समेत कार्यसम्पादन गर्नुपर्दछ ।’
लेखा परीक्षणमा संलग्नहरूको इमानदारिता र नैतिकताले उच्च महत्त्व राख्ने बताउँदै पोखरेलले लेखा परीक्षणको गुणस्तरमा सुधार गर्न लेखा परीक्षकहरूले आफ्नो स्वतन्त्रता, निष्ठा, विश्वसनीयता, व्यावसायिकता र मूल्यमान्यतामा आँच आउन दिन नहुने बताए । उनका अनुसार लेखा परीक्षकहरूले सार्वजनिक प्रशासनमा रहेको विकृति, समस्याहरू हटाउन कार्यान्वयन योग्य सुझावहरू दिनुपर्छ ।
लेखा समिति र महालेखा परीक्षक कार्यालयको कार्यसम्पादनमा सहकार्य हुँदै आएको बताउँदै उनले लेखा परीक्षणलाई गुणस्तरीय बनाई यसको प्रभाव अभिवृद्धि गर्न आगामी दिनमा लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण