नेपालका सुन र चाँदी र तामाका खानी उत्खननमा बजेट परेन: सांसद आले मगर
सारांश
- माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले नेपालमा सुन, चाँदी र तामा खानी उत्खननमा सरकारको ध्यान नपुगेको बताए।
- उनले युरेनियम उत्खनन र घरेलु मदिराको ब्राण्डिङमा बजेट कम भएकोमा असन्तुष्टि जनाए।
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले नेपालमा सुन र चाँदीका, तामाका निश्चित खानीहरू रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै आले मगरले सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू नेपालमा रहेको भन्दै यी खानीहरू उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भन्नुभयो, ‘नेपालमा हिरा र मोती त म भन्न सक्दिन । सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू छन् । यतातर्फ यी खानीहरू उत्खनन गर्नेतर्फ, यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ पनि उद्योग मन्त्रालयले ध्यान दिनुपर्ने हुन्छ । जुन यो बजेटमा पाइँदैन । नेपालमा युरेनियम त पत्ता लागिसकेको छ । तर त्यो बारेमा यो बजेटमा कुनै कार्यक्रम छैन । युरेनियमको पनि विक्री वितरणको व्यवस्था गर्न सक्यो भने नेपालले धेरै आर्थिक फाइदा उठाउन सक्थ्यो ।’
सांसद आले मगरले घरेलु मदिराको ब्राण्डिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रम सबै प्रदेश र सबै जिल्लामा लेखिएको तर रकम जम्मा ४ हजार लेखिएको भन्दै आपत्ति जनाए । प्राविधिक त्रुटि हो भने सच्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण