नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख सहयोग
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी विकास कोषलाई वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री तथा आगन्तुकलाई सेवा सुविधा विस्तार, पैदलमार्ग निर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सल, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र कोषका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो।
बैंकले विगत ३१ वर्षदेखि सेवा दिँदै आएको छ र हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण