केनको दुई गोलमा बार्यन क्वार्टरफाइनलमा, पीएसजीसँग भिडन्त
सारांश
- इङ्ल्यान्डका कप्तान ह्यारी केनले बायर्न म्युनिखका लागि ४०औं र ४१औं गोल गरे।
- बायर्नले ब्राजिलियन क्लब फ्लामेङ्गोलाई ४-२ ले हरायो र क्वार्टरफाइनलमा पुग्यो।
- क्लब विश्वकपको क्वार्टरफाइनलमा बायर्नले पेरिस सेन्ट-जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ।
मियामी । इङ्ल्यान्डका कप्तान ह्यारी केनले यस सिजन आफ्ना ४०औं र ४१औं गोल गर्दै बायर्न म्युनिखलाई क्लब विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका छन्। बायर्नले ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको रोमाञ्चक खेल ४-२ ले जितेको हो।
११ खेल लामो अपराजित यात्रामा रहेको फ्लामेङ्गो खेलको सुरुवातमै दबाबमा परेको थियो। खेलको छैटौँ मिनेटमा चिलीका मिडफिल्डर एरिक पुल्गरले जोशुआ किम्मिचको कर्नर बललाई आफ्नै पोस्टमा डिफ्लेक्ट गरेपछि बायर्नले अग्रता लिएको थियो।
त्यसको तीन मिनेटमै दायोट उपामेकानोले फ्लामेङ्गोका जिओर्जियन डे अऱास्काएटासँग बल खोसेर अघि बढाएका थिए । त्यसपछि केनले बललाई जाली चुमाउँदै स्कोर २-० बनाए।
पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेरसनले म्यानुएल नोयरलाई शक्तिशाली प्रहारमार्फत छक्याउँदै गर्दै फ्लामेङ्गोलाई खेलमा फर्काउने संकेत दिए। तर त्यसको केही समयपछि लियोन गोरेट्स्काले लामो प्रहार गर्दै गोल गरे ।
दोस्रो हाफको सुरुवातमै माइकल ओलिसेले डिबक्सभित्र डे अरास्काएटाको प्रहारलाई हातले छोएपछि पेनाल्टी दिइएको थियो, जसलाई जर्जिन्होले सजिलै गोलमा परिणत गर्दै स्कोर ३-२ बनाए।
तर ७२ औं मिनेटमा ह्यारी केनले पुनः उत्कृष्ट गोल गर्दै बायर्नको जित पक्का गरे। अब बायर्न म्युनिखले क्लब विश्वकपको क्वार्टरफाइनलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेनसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण