कस्तो छ स्वास्थ्यमन्त्रीको स्वास्थ्य अवस्था ?
सोमबार, १६ असार २०८२, ११ : ५५
सारांश
- स्वास्थ्यमन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
- मन्त्री पौडेललाई ज्वरो आएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो।
- उहाँ बैंककको बैठकमा भाग लिई फर्किएपछि बिरामी हुनुभएको थियो।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोत्मुख रहेको उपचाररत अस्पतालले जनाएको छ । मन्त्री पौडेललाई शुक्रबार साँझदेखि ज्वरोसहितको समस्या देखिएसँगै शनिबार बिहान वीर अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सोमबार जानकारी दिए ।
‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘निरन्तर निगरानीमा राखिएको छ ।’
मन्त्री पौडेल अस्पतलाको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचाररत छन् । मन्त्री पौडेल बैंककको एक बैठकमा भाग लिई शुक्रबार स्वदेश फर्किएका थिए ।
उच्च ज्वरो, कमजोरी भएपछि सुरुमा उनलाई कोरोना वा डेंगु सङ्क्रमणको आशंका गरिएको थियो । यद्यपि परीक्षण गर्दा कोरोना र डेंगुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण