संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ : उपसभामुख राना
सारांश
- उपसभामुख इन्दिरा रानाले संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुने बताइन्।
- उनले सांसदहरूलाई जनतामाझ संसद्प्रति विश्वास बढाउन आग्रह गरिन्।
- संसद्लाई जनउत्तरदायी बनाउन संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको उनको भनाइ थियो।
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुने बताएकी छन् । संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारको रूपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र बलियो हुने बताएकी हुन् ।
उपसभामुख रानाले जनताबिच संसद्प्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न आग्रह पनि गरिन् । ‘संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था सुचारु राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ’ रानाले भनिन्– ‘लोकतन्त्र बलियो बन्नका लागि संसद्लाई बलियो र प्रभावकारी बनाउनुपर्छ।’
संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनलाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख रानाले संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन गर्न आग्रह गरिन् । संसद् कमजोर हुँदा जनताका आवाजहरू दबाइने भएकाले संसदीय सर्वोच्चताको पक्षमा उनको जोड थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण