धनगढीमा डुबान : आठ जनाको उद्धार
कैलाली । निरन्तरको वर्षाका कारण धनगढी उपमहानगरपालिका विभिन्न ठाउँहरू डुबानमा परेका छन् । डुबानमा परेका वडा नम्बर ७ स्थित बेली गाउँका चार जना र वडा नम्बर १३ स्थित श्रीलंकाका चार जनाको सोमबार उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेली गाउँका सिताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरी नजिकैको आफन्तको घरमा सुरक्षित राखिएको छ ।
यस्तै धनगढी–१३ स्थित श्रीलंकाका भागीराम चौधरीको परिवारका चार जनालाई पनि उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको डीएसपी सिंहले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्रका करिब एक हजार घरमा पानी पसिसकेको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १० डुबानबाट प्रभावित भएका छन् । हालसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण