नागार्जुनका निलम्बित मेयर बस्नेतलाई सजाय तोकिँदै
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई साेमबार सजाय तोकिँदैछ ।
विशेष अदालतले गत असर ६ गते बस्नेतसहित पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेललाई दोषी ठहर गर्दै जेठ १६ गते सजाय निर्धारणका लागि पेसी तोकेको थियो ।
फैसला गर्ने न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सोमबार उनी विरुद्ध सजाय निर्धारण गर्नेछ ।
बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।
कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्न बस्नेतलाई घुस दिएको कसुर ठहर अदालतले गरेको थियो । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको थियो ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अख्तियारले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो, दोब्बर जरिवाना तथा १० वर्षसम्मको कैदको मागदाबी अख्तियारले लिएको थियो ।
यस्तै उनी पदाधिकारीको हैसियतले सम्पत्ति शुद्धीकरणको कसुर गरेकाले थप १० प्रतिशत सजाय पनि हुनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण