बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दामा दाेषी ठहर

नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने

शुक्रबार, ०६ असार २०८२, १८ : ४४
शुक्रबार, ०६ असार २०८२

सारांश

  • नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिए।
  • मेयर बस्नेतले राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख घुस लिएको आरोप लागेको थियो।
  • अदालतले कँडेललाई पनि दोषी ठहर गर्‍यो, तर बस्नेतकी श्रीमतीलाई सफाइ दियो।

काठमाडौँ । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोक्ने आदेश गरेको छ । 

बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै २०८१ पुस १४ गते मुद्दा दर्ता भएको थियो । विशेषले घुस रिसवत प्रकरणमा सञ्चालक कँडेललाई पनि दोषी ठहर गरेको छ ।

कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि बस्नेतलाई घुस दिएको कसुर ठहर अदालतले गरेको छ ।

यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै उनले सफाइ पाएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप