डेढ घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साढे दुई बजे सानेपामा सुरु भयो, जुन एक बजेका लागि बोलाइएको थियो।
- बैठकले पार्टीको १०० दिने अभियानको कार्यपत्र, भ्रातृसंस्थाको म्याद थप, र क्रियाशील सदस्यताको नवीकरणबारे छलफल गर्नेछ।
- बैठकले महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप्ने वा नथप्ने निर्णय गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक केही बेर अघि सुरु भएको जानकारी दिइन् । गत साउनमा सुरु भएर भदौमा सकिएको केन्द्रीय समिति बैठकपछि बल्ल कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो ।
बैठकका लागि आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृसंस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरेको जानकारी दिए ।
बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने महामन्त्री गगन थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण