तेलङ्गनाको रासायनिक कारखानामा विस्फोट, ८ जनाको मृत्यु
सोमबार, १६ असार २०८२, १५ : ५८
नयाँ दिल्ली । तेलङ्गानाको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रिएक्टरमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
यो दुर्घटना त्यहाँको सिगाची केमिकल्स कारखानामा भएको बताइएको छ । दुर्घटनामा करिब २० जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार यस दुर्घटनापछि त्यहाँ ठुलो आगलागीसमेत भएको छ ।
तर पोटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए । बीबीसीले पनि अहिलेसम्म यी मृत्यु हुनेहरूको संख्या पुष्टि गरेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण