वीरगञ्जमा सडक विस्तार सुरु, मेयरकै उपस्थितिमा चल्यो डोजर
काठमाडौँ । त्रिभुवन राजपथको वीरगञ्ज महानगरपालिका खण्डमा पर्ने सडक विस्तार सुरु भएको छ । महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नै उपस्थितिमा डोजर चलाएर विस्तारको अगुवाइ लिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साका आग्रहमा मेयर सिंहले डोजर चलाउन सहजीकरण गरेका हुन् ।
तीन वटा डोजरसहितको टोली लिएर मेयर सिंहले भन्सार क्षेत्रबाट विस्तार गरेका थिए । भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताएका छन् ।
यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो । रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना बढिरहेको थियो ।
सडकको दायाँबायाँ २५/२५ मिटर हटाउनुपर्ने मापदण्ड भएपनि सडक विस्तार विरुद्ध स्थानीयले मुद्दा दायर गरेपछि रोकिएको थियो ।
सर्वोच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगन्ज महानगरपालिकाले आजबाट सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचना हटाउन सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण