सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु

सोमबार, १६ असार २०८२, १९ : ३५
सोमबार, १६ असार २०८२

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् । 

पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

घटना सोमबार साँझ ५ बजेको हो । उनीहरू निर्माणाधीन ९ तले भवनमा काम गर्दै आएका थिए । दुवैको शव वीर अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप