पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ
सारांश
- वीरगञ्जमा पाँच गुणाभन्दा बढी मूल्यमा पोषण पूरक औषधि बेच्ने एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२६ का जितेन्द्रप्रसाद कुर्मी छन्, जसले रक्सौलबाट औषधि ल्याएका थिए।
- प्रहरीले कुर्मीमाथि कालोबजारीको आरोप लगाएको छ र लगभग २५ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको छ।
वीरगञ्ज । पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि) को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि खरिद गरेर वीरगञ्जमा जभाभावी मूल्य राखेर प्याकिङ तथा बेचबिखन गर्दै आएका वीरगञ्ज महानगर–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले २१ थरिका विभिन्न फुड सप्लिमेन्ट औषधि कालोबजारी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरेर कालोबजारीअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
‘भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याई उक्त औषधिहरूको बट्टामा आफुखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ’, उनले भने । कुर्मीबाट करिब रु २५ लाख मूल्य पर्ने औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण