निजामती सेवा विधेयकमा परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ : कोइराला
सारांश
- डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा लैजान माग गरेका छन्।
- उनले संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन हुनुलाई घोर अपराध र सांसदको अपमान भनेका छन्।
- कोइरालाले कुलिङ पिरियड नराखी विधेयकका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान माग गरेका छन् ।
सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभएको भन्दै उनले आपत्ति जनाएका छन् । उनले यसलाई देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम सांसदप्रति गरिएको अपमानको रूपमा अर्थ्याएका छन् ।
कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुनेमा उनले जोड दिएका छन् ।
सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्– 'सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम सांसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण