क्रिकेट
भुटानविरुद्ध रौनकको शतक
मङ्गलबार, १७ असार २०८२, १० : २२
सारांश
- एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालका रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरे।
- मलेसियाको सोलानगोरमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि रौनकले ३६ ओभर ३ बलमा शतक बनाए।
- रौनकले ९५ बलमा १० चौका र १ छक्काको मद्दतले शतक बनाए, र नेपालले ३७ ओभरमा २३८ रन बनायो।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको चौथो खेलमा नेपालका रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् ।
मंगलबार मलेसियाको सोलानगोरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रौनकले ३६ ओभर ३ बलको खेल सकिँदा शतक पूरा गरेका हुन् ।
रौनकले ९५ बलमा १० चौका र १ को सहयोगमा शतक बनाए । रौनकको शतकसँगै नेपाल यो समाचार तयार पार्दासम्म ३७ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको छ । रौनकसँगै क्रिजमा रहेका जोय थापाले २५ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण