सञ्चालन लागत बढेपछि १५६ वर्षपछि बन्द हुने भयो रोयल ट्रेन
सारांश
- बेलायतको शाही रेलगाडी १५६ वर्षपछि बन्द हुने भएको छ, बकिङ्घम दरबारले जानकारी दिएको छ।
- उच्च सञ्चालन लागत र आधुनिकीकरणको आवश्यकताका कारण राजा चाल्र्सले रेल बन्द गर्ने निर्णय लिएका हुन्।
- सन् १८६९ देखि चल्दै आएको रोयल ट्रेनको मर्मत सम्झौता २०२७ मा समाप्त हुँदैछ।
लन्डन । बेलायतको शाही रेलगाडीको सञ्चालन चाँडै बन्द हुँदैछ । १५६ वर्षपछि अन्तिम पटक रोयल ट्रेन स्टेशनबाट निस्कने बकिङ्घम दरबारले बताएको छ ।
शाही कोषको वार्षिक ब्रीफिंगको क्रममा, रेललाई अवकाश दिने समय आएको राजा चाल्र्सले बताएको बकिङ्घम दरबारले भनेको छ । यो रेल महारानी भिक्टोरियाको समयदेखि नै चल्दै आएको छ ।
यसको सञ्चालन लागत धेरै छ । यसलाई आधुनिक रेल प्रणाली जस्तै बनाउन धेरै परिवर्तनहरू गर्नुपर्नेछ । यो गर्न पनि निकै खर्च लाग्नेछ । शाही परिवारको कामका धेरै भागहरूलाई आधुनिकीकरण गर्दै आजको संसारलाई प्रतिबिम्बित गर्न अनुकूलित गरिए जसरी रेल्वेको पनि भावनात्मक बिदाइ गर्ने समय आएको राजाका वित्तीय मामिला हेर्ने जेम्स चाल्मर्सले भनेका छन् ।
रोयल ट्रेनमा नौ वटा डब्बा छन् । रेलको मर्मत सम्झौता २०२७ मा समाप्त हुँदैछ । यो समय अगावै यसको सेवा सञ्चालन बन्द गर्न लागिएको छ । योसँगै १८६९ देखि चलिआएको परम्पराको अन्त्य हुनेछ । त्यतिबेला महारानी भिक्टोरियाले आफ्नो यात्राको लागि विशेष कोचहरूको एक जोडी बनाउन लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण