पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
सारांश
- रणवीर कपूरको फिल्म 'रामायण' को पहिलो भागको छायाङ्कन सकिएको छ।
- नितेश तिवारीको निर्देशनमा बनिरहेको फिल्ममा रणवीर राम र रवि दुबे लक्ष्मणको भूमिकामा छन्।
- अभिनेत्री साई पल्लवी सीताको भूमिकामा छिन् भने यश रावणको भूमिकामा देखिनेछन्।
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूर आफ्नो आगामी फिल्म ‘रामायण’लाई लिएर धेरै समयदेखि हेडलाइनमा छाइरहेका छन् । यो फिल्म नितेश तिवारीले निर्देशन गरेका हुन् । फिल्म दुई भागमा बनाइदैंछ ।
फिल्मको पहिलो भागको सोमबार छायाङ्कन सकिएको छ । सेटबाट र्याप अप पार्टीका तस्बिर र भिडियो बाहिर आएका छन्, जसमा सम्पूर्ण स्टार कास्ट केक काट्दै रमाइलो गरिरहेको देखिन्छ । यसैबिच, रणवीर कपूरले अभिनेता रवि दुबेलाई अँगालो हालेको देखिएको थियो ।
यस पार्टीमा फिल्मका निर्देशक नितेश तिवारीले भाषण दिएका थिए । उनको भाषण पछि, सम्पूर्ण स्टार कास्टले ताली बजाएको देख्न सकिन्छ । नितेश तिवारीको रामायणमा रणवीर रामको भूमिकामा छन् भने रवि दुबै लक्ष्मणको भूमिकामा छन् ।
दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा छिन् । सामाजिक सञ्जालमा देखिएको तस्बिर र भिडियोमा अभिनेत्री साई पल्लवी देखिएकी छैनन् ।
रावणको भूमिकामा देखिँदैछन् यश
नितेश तिवारीको रामायणको सेटबाट धेरै तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर निर्माताहरूले अहिलेसम्म कुनै आधिकारिक पोस्टर वा घोषणा भिडियो जारी गरेका छैनन् ।
यस फिल्मका बारे अहिलेसम्म आएको अपडेट अनुसार, केजीएफ सुपरस्टार यश पनि फिल्ममा छन् । उनले रावणको भूमिकामा निभाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण