वर्ल्ड च्याम्पियनसिप ट्रायथलन : सन्तोष शीर्ष १७ मा सीमित
सारांश
- लन्डन निवासी सन्तोष राईले स्पेनमा भएको लङ डिस्टेन्स ट्रायथलनमा नेपालको प्रतिनिधित्व गर्दै १७औँ स्थान हासिल गरे।
- सन्तोषले ट्रायथलनमा ३ किमी पौडी, १२१ किमी साइकल र ३० किमी दौड पूरा गरे, जुन चुनौतीपूर्ण खेल हो।
- सन्तोष राई नेपाल रन यूकेका संस्थापक हुन् र उनले लन्डन म्याराथनमा दौरा सुरुवाल लगाएर गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए।
लन्डन । लन्डन निवासी नेपाली धावक सन्तोष राईले स्पेनको पोन्टेभेड्रामा सम्पन्न वर्ल्ड च्याम्पियनसीप लङ डिस्टेन्स ट्रायथलन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रदर्शन गरेका छन्।
२९ जुन आइतबार आयोजित प्रतियोगितामा सन्तोषले ४०–४४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दै शीर्ष १७ स्थान हासिल गरे। उक्त समूहमा ४४ जना प्रतिस्पर्धी सहभागी थिए।
ट्रायथलन अन्तर्गत ३ किमी पौडी, १२१ किमी साइकल र ३० किमी दौड गरिन्छ, जुन खेललाई सबैभन्दा चुनौतीपूर्ण खेलमध्ये एक मानिन्छ। सन्तोषले भने, "स्पेनको चर्को गर्मी र प्राविधिक चुनौतीहरूमाझ पनि अष्ट्रेलियाको टाउन्सभिलको तुलनामा यसपटक सहज र उत्कृष्ट अनुभव रह्यो।"
नेपाल ट्रायथलन एसोसिएसनले छनोट गरेका दुई खेलाडीमध्ये एक सन्तोष राई बेलायतबाट थिए भने अर्का सन्तोष कर्माचार्य अमेरिकाको बोस्टनबाट ५०–५४ वर्ष उमेर समूहमा सहभागी थिए।
यो सन्तोषद्वयको दोस्रो पटकको विश्व च्याम्पियनसीप यात्रा हो। गत वर्ष अगस्टमा उनीहरूले अष्ट्रेलियाको टाउन्सभिलमा पहिलोपटक नेपालको तर्फबाट भाग लिएका थिए, जहाँ सन्तोष राई टप १३ मा पर्न सफल भएका थिए।
नेपाल रन यूकेका संस्थापक समेत रहेका सन्तोष राईले यसअघि २७ अप्रिलमा आयोजित लन्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक (दौरा सुरुवाल) मा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए। उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा म्याराथन दूरी पूरा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण