क्लब विश्वकप: क्वाटरफाइनलमा पुग्न रियल र युभेन्ट्स भिड्दै
मङ्गलबार, १७ असार २०८२, १३ : ०२
सारांश
- रियल मड्रिड र युभेन्ट्सबिच क्लब विश्वकप फुटबलको अन्तिम १६ को खेल हुँदैछ।
- खेल हार्ड रक्स स्टेडियममा राति १२:४५ मा सुरु हुनेछ।
- दुवै टोली जित निकाल्दै अघिल्लो चरणमा पुग्न चाहन्छन्।
काठमाडौँ । क्लब विश्वकप फुटबलको अन्तिम १६ को खेलमा आज (मंगलबार) राति रियल मड्रिडले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । हार्ड रक्स स्टेडियममा हुने रियल र युभेन्ट्सबिचको खेल राति १२ः४५ मा सुरु हुनेछ ।
युभेन्ट्स समूह ‘जी’ को दोस्रो स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । यता रियल भने समूह ‘एच’ को शीर्ष स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा स्थान बनाउने योजनामा रहेका छन् । रियल स्पेनिस महारथिको साख जोगाउने योजनामा छ ।
यता इटालियन युभेन्ट्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो साबित गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण