चिकित्सकहरूको सुरक्षा र अधिकारका लागि आन्दोलनको घोषणा
विराटनगर । उपभोक्ता अदालतले गरेको फैसलाहरूको विरुद्धमा नेपाल चिकित्सक सङ्घले गरेका आन्दोलनका कार्यक्रमहरूप्रति नेपाल चिकित्सक सङ्घ कोशी शाखाले ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष डा. राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहले एक विज्ञप्ति प्रकाशित गरी मंगलबार अस्पताल तथा निजी क्लिनिकहरूमा कार्यरत चिकित्सकहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने सङ्घको आन्दोलनलाई समर्थन गरेको जनाएको हो । उक्त संस्थाले आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।
उपभोक्ता अदालतको फैसलाले अस्पताल, चिकित्सक लगायत स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सको मनोबल खस्किएको विज्ञप्तिमा उल्लेख छ ।
सङ्घको केन्द्रीय कार्यसमितिको कार्यक्रमलाई निरन्तरता दिँदै बुधबार र बिहीबार पनि कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने सो संस्थाले जनाएको छ ।
यसैबिच नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यालयले यस सम्बन्धमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले आन्दोलनको घोषणा गरेको हो ।
२००७ फाल्गुन २० मा स्थापना भएको नेपाल चिकित्सक सङ्घ विश्व चिकित्सक सङ्घ, दक्षिण एसिया चिकित्सक सङ्घ र एसिया ओसानिया चिकित्सक सङ्घ महासङ्घको सदस्य संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण