अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
सारांश
- अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गरेको छ, ह्वाइट हाउसले अमेरिकी हितलाई प्राथमिकता दिएको जनाएको छ।
- यो निर्णय अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई सैन्य सहयोगको समीक्षा गरेपछि लिइएको हो।
- रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता पठाएको थियो।
वासिङ्टन डीसी । युक्रेन र रुसबिच चलिरहेको भीषण युद्धको बिचमा अमेरिकाले युक्रेनलाई केही हतियार दिन बन्द गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार अमेरिकाको हितलाई सर्वोपरि राख्न यो निर्णय गरिएको बताइन् । अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय लिइएको हो ।
फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बाैं डलरको सैन्य सहायता पठाएको छ । युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डार धेरै कम भएकोमा चिन्ता ट्रम्प प्रशासनका केही सदस्यहरूले व्यक्त गरेका छन् ।
युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । यद्यपि, अमेरिकी अधिकारीहरूले कुन हतियारको ढुवानी रोकिएको हो भनेर चाँहि बताएको छैन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हतियारहरूमा हवाई रक्षा क्षेप्यास्त्र र सटीक हतियारहरू पनि समावेश छन् । रक्षा विभागले युक्रेनलाई सैन्य सहयोग जारी राख्न राष्ट्रपतिलाई बलियो विकल्पहरू प्रदान गर्न जारी राख्ने अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण