आज फेरि यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलाई
सारांश
- लेखमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य र विकाससम्बन्धी सोचबारे चर्चा गरिएको छ।
- नेपाली कांग्रेसको सरकारले गाउँ विकास समितिहरूलाई खानेपानीका लागि ट्युबवेल जडान गर्न अनुदान दिएको थियो।
- लेखमा बीपी कोइरालाले स्वास्थ्य सेवा र दूषित पानीको समस्याबारे व्यक्त गरेका विचारहरू समावेश छन्।
धेरै कुरा सम्झिन गाह्रो भयो । खासगरी तिथि–मितिहरू याद हुन्न । कुरो पनि पुरानो भयो । कतिपय पुराना कुरा याद गर्न घटना, सन्दर्भहरू जोडेर जानु पर्छ । यसरी बिचार्दा कुरो २०४८ पछिको हो । नेपाली कांग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ विकास समितिलाई १५ हजार रुपैयाँ अनुदान दिएको थियो– जरुरतमन्द नागरिकहरूको वडामा सामुहिक रूपमा उपयोग गर्नेगरी १/२ वटा हाते चापाकल (ट्यूबेल) जडान गर्नका लागि ।
गाउँ पञ्चायतको रूपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो । सम्भवतः केन्द्रबाट विषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो । सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाविसका तत्कालीन सचिव (सरकारी कर्मचारी) बाट होस् । तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो । यसरी सर्वदलीय समिति बनेमा सबै गाविसमा आफ्नो संगठनको विस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ ।
२०३८ सालतिर नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनका लागि देश दौडाहा अन्तर्गत बीपी कोइरालाले कैयौँ ठाउँमा विकास योजनाहरूका बारेमा बोल्नुभएको थियो । पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सीके प्रसाईंको आयोजनामा भएको थियो । यसरी देश दौडाहाको क्रममा स–साना प्रवचन कार्यक्रमहरूमा बीपीले अनेकौँ ठाउँमा समाजवादी अर्थतन्त्रको गम्भीर परिकल्पनाहरूबारे बोल्नु हुन्थ्यो । सायद यी कुरा कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजीनीति गरी पढदैनन् ।
यसै क्रममा बीपीले भन्नुभएथ्यो, ‘दक्षिण एसिया, खासगरी नेपालका मानिसहरूमा देखिने रोगमध्ये ८० प्रतिशत रोग दुषित खानेपानीको उपयोगबाट हुने गर्दछ ।’ उहाँले भारत, बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर त्यसो भन्नुहुन्थ्यो र जोड दिनुहुन्थ्यो कि यदि सरकारले आम जनतालाई शुद्ध खानेपानीमात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८० प्रतिशत मानिस विशेषतः दुषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन् ।
गिरिजाप्रसाद कोइराला त्यसवेला साथै रहनु हुन्थ्यो । मसमेत अरु पनि सँगै हुन्थ्यौँ । कुरो सानो थियो, पञ्चायती शासनले अञ्चल अस्पताल र कतै–कतै जिल्ला अस्पताल खडा गरेको थियो । विराटनगर र राजविराजमा अञ्चल अस्पताल थियो । अञ्चल भने उत्तरमा सोलु र ताप्लेजुङसम्म फैलिएको थियो । अञ्चल अस्पतालको लाभ भने बढीमा मोरङ र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो ।
बीपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पीएचसी (प्राइमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिङहरूमा सुनेँ । केही गाउँमा स्वास्थ्य चौकी खुल्न थालेको थियो, जहाँ अनमीस्तरका १/२ जना कर्मचारी हुन्थे । बीपीले यौटा जिल्लामा ५/७ गाउँ समेटेर १/१ पीएचसी बनाउनु पर्ने विचार राख्नुहुन्थ्यो । उहाँले यस्तो केन्द्रमा एमबीबीएसभन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसे कम साधारण औषधिहरू, रगत, खकार, दिसा, पिसाब जाँच्ने सुविधा र घाउँखटिराको सानो सर्जरीको सुविधा हुनैपर्ने व्यवस्थामा जोड दिनुहुन्थ्यो । यस्तैखालका मानिसको आँखा नलाग्ने प्रकारका स–साना कुरा उहाँ गर्नु हुन्थ्यो ।
हामी चितवन पार गर्यौँ । अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तरतिर ठुल्ठुला डुंगामा मिनी बस र सानो चार पाङ्ग्रे मोटर जीप पार गरिन्थ्यो । हाम्रो दौडाहाले जहीँतहीँ उम्लेका पञ्चहरूको विरोधको सामना गर्नुपर्थ्यो । बडो हल्ला थियो– बीपी चढ्ने डुंगालाई जीप र साथीहरूसमेत नारायणीमा डुबाउने योजना छ रे !
जब गिरिजाबाबु प्रधानमन्त्री हुनु भयो र कसैले ध्यान नदिएको स–साना कुरालाई ज्यादै महत्त्व दिनुभयो । विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देशभरमा गरी पहिलो चरणमा २० वटा ‘पीएचसी’ माग्नुभयो । बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नुभयो ।
कृष्णलाल सापकोटा, टेक बहादुर गुरुङ, सायद एक जना धनाढ्य (सुभाष प्रधानको पिताजी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट, हालैका चर्चित जगन्नाथ पौडेल र अहिले सम्झना नरहेका धेरै धेरैले बीपीलाई सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए । अहिलेको कांग्रेसले शायद यीमध्येका धेरैलाई कारबाही गरेर गैरकांग्रेसी बनाएको छ ।
हामी राति नवलपुरमा सूर्यभक्त अधिकारीको घर (यौटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौँ । म र बीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौँ । अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अह्राउनु भयो–जेपी ! यस भ्रमणका वेला सान्दाजुले बोल्ने गर्नु भएका विभिन्न विषयका कुराहरू, उहाँका विचारहरूलाई टिपोट गर । सान्दाजु, बिमार हुनुहुन्छ । सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्न, तर प्रजातन्त्र त आउँछ नै । हामीले उहाँले देखाएका विचारहरूलाई अगाडि बढाउनु पर्छ ।
मैले यौटा खास काम पाएँ । मलाई बीपीले भनेको याद छ । उहाँले कार्यकर्ताहरूसँगको कुराकानीमा भन्नुभएको थियो– ‘म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्च स्वयंले जोहो गर्नसक्ने मानिस हुँ, तर म बम्बईमा क्यान्सरको उपचार गराउन जाँदा खर्च ब्यहोर्न सकिनँ । जेपी, जयप्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सकेँ । आम नेपाली कसरी सक्छन् ? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानुपर्छ । एक/दुई ठुला अस्पताल भए पुग्छ ।’
नेपालमा पर्यटन क्षेत्रको कायापलट गर्ने प्रधानमन्त्रीका तत्कालीन सल्लाहकार निरञ्जन कोइराला यस संसारमै रहनुभएन । पृथ्वीराज लिगलजस्ता संस्थामा रूपान्तरित व्यक्तिका साथ राष्ट्रिय योजना आयोगको नेतृत्व लिनुभएका डा. रामशरण महत अहिले गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ ।
कालान्तरमा गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो । उहाँको दिमाग एक प्रकारले पूर्वपोषित (प्रिअकुपाईड) थिएन । खाली थियो । देशको विकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका सम्झनाहरू थियो ।
जब गिरिजाबाबु प्रधानमन्त्री हुनु भयो र कसैले ध्यान नदिएको स–साना कुरालाई ज्यादै महत्त्व दिनुभयो । विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देशभरमा गरी पहिलो चरणमा २० वटा ‘पीएचसी’ माग्नुभयो । बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नुभयो । यो बेलिब्रिजले त्यसवेलाको ठुलो विध्वंशकारी बाढीपछि मुलुकको यातायातलाई सुचारु राख्न ठुलो मद्दत गरेको थियो । ठुलाठुला एयरलाइन्सभन्दा पनि हेलिकोप्टर सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनुभयो । यसलाई उहाँले रेस्क्यूसँग जोड्नुभयो । कति सानो कुरा ! देशका हरेक गाविसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न १५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गर्नुभयो । उहाँले त्यस देश दौडाहाको क्रममा बीपीले बोल्नुभएको ‘दुषित खानेपानीको कारणबाट देशमा ८० प्रतिशत मानिसलाई पेटको रोग लाग्छ’, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नुभएन । पीएचसीलाई भुल्नुभएको थिएन । ठुलाठुला र विपूल वैदेशिक लगानीका साथ, विदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढनुभएको थिएन गिरिजा बाबुले ।
तर, एउटा टिम पनि थियो । नेपालमा पर्यटन क्षेत्रको कायापलट गर्ने प्रधानमन्त्रीका तत्कालीन सल्लाहकार निरञ्जन कोइराला यस संसारमै रहनुभएन । पृथ्वीराज लिगलजस्ता संस्थामा रूपान्तरित व्यक्तिका साथ राष्ट्रिय योजना आयोगको नेतृत्व लिनुभएका डा. रामशरण महत अहिले गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ । चर्चित अर्थशास्त्री एवं तत्कालीन अर्थमन्त्री महेश आचार्य असमयमा कांग्रेसबाट पन्छाइनु भएको छ । यस्ता अनेकन जो नयाँ विचार संस्थापनको टिममा थिए, आज कांग्रेसमै रहन पाएनन् ।
(पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तिका दिन पूर्वमन्त्री जय प्रकाश आनन्दले लेख्नु भएको फेसबूक स्टाटसबाट सधन्यवाद साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण