धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद ढकाल
सारांश
- एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई प्राथमिकता दिनुपर्ने बताए।
- उनले विमानस्थलमा बौद्ध धर्मावलम्बी पर्यटकका लागि छुट्टै काउन्टर र फास्ट ट्र्याकको व्यवस्था गर्नुपर्ने बताए।
- ढकालले चीन र भारतबाट आउने धार्मिक पर्यटकलाई विशेष ध्यान दिनुपर्ने बताए।
काठमाडौँ । नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताएका छन् । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै ढकालले अहिले भइरहेको चुनौतीहरू समाधान गर्ने गरी पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी रहेको बताएका हुन् ।
विमानस्थलबाट बौद्ध धर्मावलम्बी पर्यटकहरूलाई छुट्टै काउन्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने उनको भनाई छ । उनले विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘हाम्रो भगवान् गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छौँ । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउन्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरूलाई सम्मानको रुपमा दिएको हुन्छ । मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’
सांसद ढकालले चीन र भारतको सम्बन्ध नेपालमा विशेष रहेको र धार्मिक आस्थाका हिसाबले पनि आउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण