सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : मन्त्री खड्का
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन्।
- प्रसारण लाइनको क्षमता विस्तार गर्न १७ हजार ४४६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरिने छ।
- मन्त्री खड्काले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का आह्वान भई मूल्याङ्कन भइरहेको बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताउँदै उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोहीअनुसार यो क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताए ।
उनले प्रसारण लाइनको क्षमता विस्तार गर्न १७ हजार ४ सय ४६ सर्किट किलोमिटर विभिन्न भोल्टेज स्तरका प्रसारण लाइन निर्माण गरी सब–स्टेसनहरूको क्षमता ४० हजार एमभिए पुर्याइने लक्ष्य रहेको जिकिर गरे ।
कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्लालगायत आयोजनामा लगानी परिचालन र निर्माण अघि बढाउन सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता समेत जनाइसकेको उनले बताए । उनले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का आह्वान भई प्राप्त बोलपत्रहरू मूल्याङ्कन भई आशयको सूचना जारी भइसकेको जानकारी दिए । बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाइने उनले बताए ।
मन्त्री खड्काले वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढेको र प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह हुँदा भार व्यवस्थापन गर्नुपर्ने भएकाले कहिलेकाहीँ लाइन जाने गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण