बजेट कर्मकाण्डी नभई तथ्यपरक आएको छ : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक आएको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । यस्तै मन्त्री पौडेलले बजेट तजबिज ढङ्गले नभई प्रणाली अन्तर्गत निर्माण भएको समेत बताए ।
अर्थमन्त्री पौडेलले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको बताउँदै उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए । करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ ।
नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विश्वव्यापी प्रावधानमा नेपाल ग्रे लिस्टमा परेकाले त्यसबाट उम्किन सुनजस्ता बहुमूल्य धातुहरूको कारोबारमा कर लगाउनुपरेको समेत बताए ।
मन्त्री पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण