चार दिनमा झन्डै १०० अङ्कले उचालियो सेयर बजार
काठमाडौँ । सेयर बजारमा देखिएको सकारात्मक यात्राले बुधबार पनि निरन्तरता पाएको छ। लगानीकर्ताको उत्साहसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो दिन पनि वृद्धि भएको हो ।
बुधबार बजार परिसूचक ३४.४२ अङ्कले बढेर २६९४.८२ को विन्दुमा पुगेको छ । आइतबार बजार २६.५३ अङ्क, सोमबार ९.१९ अङ्क र २८.९१ अङ्कले बढेको थियो । आजको वृद्धिसँगै चार दिनमा बजारको वृद्धि ९९.०२ अङ्क पुगेको छ ।
बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज दिनभरिमा कुल ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। अघिल्लो दिन जम्मा ७ अर्ब ३ करोड कारोबार भएको थियो । आज ३१७ स्क्रपको ३ करोड १ लाख ८२ हजार कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयरमूल्य बढेको छ। कुल २४८ कम्पनीको कारोबारमा १८२ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ६५ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। आजको बजारमा ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३१ प्रतिशतले घटेको छ ।
उच्च वृद्धिसँगै आज बजारमा सबै समूहका परिसूचक सकारात्मक छन् । विकास बैंक, जीवनबीमा र निर्जीवन बीमा समूहमा २ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण