बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

भिजिट भिसा प्रकरण : वैरागी नेतृत्वको समितिले सुरु गर्‍यो काम

बुधबार, १८ असार २०८२, १८ : ३७
बुधबार, १८ असार २०८२

सारांश

  • अध्यागमन र भिजिट भिसाका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।
  • पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा ७ सदस्यीय समितिले काम सुरु गरेको छ।
  • समितिले ३ महिनाभित्र नीतिगत, कानुनी सुझावसहितको प्रतिवेदन बुझाउनेछ, तर अनियमितताको छानबिन गर्ने छैन।

काठमाडौँ । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले आफ्नो कार्य सुरु गरेको छ । 

मन्त्रिपरिषद् बैठकले असार ९ गते पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । समितिको कार्यालय बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको भवनमा रहने समितिका सदस्यसचिव आनन्द काफ्लेले जानकारी दिए ।

समितिले आफूलाई प्राप्त कार्यादेश अनुसार समस्या समाधान गर्न ३ महिना भित्र नीतिगत, कानुनी एवं संरचनागत सुझाव सहितको प्रतिवेदन पेस गर्ने जानकारी दिए । समितिले अनियमितताको विषयमा छानबिन गर्ने कार्यादेश नभएको बताएको छ ।

'समितिलाई कुनै अनियमितताको विषयमा छानबिन गर्ने कार्यादेश नभएको हुँदा सुझाव सहितको प्रतिवेदन दिनेछ । भ्रष्टाचार र अनियमितताका सम्बन्धमा छानबिन गर्ने, अनुसन्धान गर्ने समितिको कार्यादेश नै होइन ।  अध्ययन गर्ने समिति हो,’ समितिका एक सदस्यले भने । 

समितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानको कार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत अन्य भिसा र सो बाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रहरूमा केन्द्रित रही सुझाव सहितको प्रतिवेदन पेस गर्ने कार्यक्षेत्र दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप