पोखरामा असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल हुने
पोखरा । पोखरामा असार २४ देखि पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुँदै छ ।
लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा २८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने संस्थाका संस्थापक लामा अमृत गुरुङले जानकारी दिए ।
फाउन्डेसनले २०७५/०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । तर आर्थिक अभावका कारण त्यसपछिका वर्षहरूमा खेल हुन सकेनन् । प्रतियोगितामा सहभागी हुन एक टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने छ ।
फाउन्डेसनले सँगै भेट्रान्स भलिबल प्रतियोगिता पनि गर्दै छ । उक्त प्रतियोगितामा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश हुन पाउने छन् । क्लबस्तरीय प्रतिस्पर्धामा विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदीयमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण