श्रीलंकामाथि नेपालको ८–० को शानदार जित, दुवै हाफमा बराबरी गोल
काठमाडौँ । सावित्रा भण्डारीको शानदार ह्याट्रिक मद्दतमा नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकामाथि ८–० गोलको सहज जित निकालेको छ ।
बन्योदकोर रंगशाला बिहीबार भएको खेलमा पहिलो हाफमा ४–० गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्न सफल भयो ।
नेपालले खेलको सातौं मिनेटमा गीता रानको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको १९औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दा नेपालले अग्रता दोब्बर बनायो ।
खेलको ४२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालालाई ३–० गोलको अग्रता दिलाइन् । सावित्राले नै पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गर्दा नेपालले पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको थियो ।
नेपालका लागि गीता रानाले खेलको ५४औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले ५–० गोलको अग्रता बनायो । खेलको ६२औं मिनेटमा नेपालले श्रीलंकाको पोस्टमा आधा दर्जन गोल गर्न सफल भयो । नेपालका लागि निशा ठोकरले अनिताको कर्नर बल हेडमार्फत गोलमा परिणत गरिन् ।
खेलको ७८औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ७–० गोलको अग्रता दिलाइन् । खेलको ८९औं मिनेटमा पूजा रानाले गोल गर्दै टिमलाई ८–० गोलको जित दिलाइन् ।
छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले हराएको थियो । जितसँगै नेपाल २ खेलमा ६ अंक जोड्दै समूह ‘एफ’मा तालिकाको शीर्ष स्थानमा छ ।
श्रीलंकाको भने यो दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण