गिरिजाबाबु कार्यकर्तादेखि जनतासम्म जोडिएरै सत्ता चलाउन सफल राजनीतिज्ञ हुनुहुन्थ्याे : महेश आचार्य
काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता महेश आचार्यले गिरिजाप्रसाद कोइरालामा पार्टी निर्माणका लागि चाहिने सबै गुण भएको बताएका छन् ।
बुधबार कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा कांग्रेस महामन्त्री गगनकुमार थापाको निजी सचिवालयमा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै नेता आचार्यले गिरिजाबाबु कार्यकर्तादेखि जनतासम्म जोडिएरै सत्ता चलाउन सफल उच्च राजनीतिज्ञ भएको बताए ।
उनले भने, ‘उहाँको कामलाई हेर्दा एउटा पार्टी निर्माणका लागि चाहिने सबै गुण गिरिजाबाबुमा थियो । २१ वर्षको उमेरदेखि निरन्तर पार्टीमा होमिएका गिरिजाबाबु २००३ सालको मजदूर आन्दोलनको नेतृत्वदेखि ०६५ सालमा प्रचण्डलाई सत्ताको चाबी हस्तान्तरण गर्दासम्म जनतासँगै रहनु भयो ।’
नेतामा हुनुपर्ने सबै गुण गिरिजाबाबुमै भएको दाबी गर्दै आचार्यले भने, ‘गिरिजाबाबुले जनताका कुरा धैर्य गरेर सुन्न सक्नुभयो । उहाँलाई सम्झँदा अहिलेका नेताहरूको बानी तुलना गर्न सकिँदैन ।’
उनले भने, ‘जनतासँग रहनु, जनताका कुरा सुन्नु, जनताका कुरा सम्बोधन गर्न नीति र कार्यक्रममा अभिलेख गर्नु अनि त्यसलाई कार्यान्वयन गर्न सरकारसँग समन्वय गर्नु नै गिरिजाबाबुको क्षमता थियो ।’
भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले गिरिजाबाबुलाई एसियाकै नेता भएको भनेको स्मरण गर्दै नेता आचार्यले भने, ‘परिणाममुखी कार्यक्रम दिन सक्ने काममा गिरिजाबाबु सधैँ अब्बल रहनु भयो ।’
गिरिजाबाबु नभएको भए नेकपा माओवादीसँग शान्ति सम्झौता हुन नसक्ने ठोकुवा समेत गरे ।
उनले भने, ‘राजनीतिक रूपले विभाजित भएको बेलामा, राजाले अधिकार अपहरण गरेका बेलामा, अन्तर्राष्ट्रिय तहले नियालेका बेलामा र द्धन्द्धपीडितका लागि पनि सम्बोधन गरेर अगाडि बढ्ने वृहत शान्ति सम्झौता गरेर माओवादीलाई समेट्ने काम गिरिजाबाबुलेमात्र गर्न सक्नुहुन्थ्यो । त्यसैले गिरिजाबाबुको त्यो लिगेसी नै हो जसले गम्भीर अवस्थामा पुगेको राजनीतिलाई सही तरिकाले अवतरण गर्न सक्नुभयो ।’
अहिलेको पुस्ताले गिरिजाबाबुको योगदानलाई स्मरण गर्दै सोही अनुसार अगाडि बढ्न सक्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण