सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण
सारांश
- सङ्खुवासभाको खाँदबारीमा किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय भवन हस्तान्तरण गरियो।
- भवनले किराँत राई जातिको मौलिक पहिचान र सांस्कृतिक सामग्रीको संरक्षण गर्नेछ।
- नगरपालिकाले सङ्ग्रहालयलाई किराँत अध्ययन केन्द्रको रूपमा विकास गर्ने योजना बनाएको छ।
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
किराँत राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेषभूषा संरक्षणार्थ नवनिर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले जानकारी दिए ।
भवन हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले किराँत राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने सहयोग पुग्ने बताए । सङ्ग्रहालयको विकास गरी किराँत अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा टेवा पुर्याउने गरी दीर्घकालीन योजनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरप्रमुख थपलियाले बताए ।
किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयमा मुख्य रुपमा यहाँ किराँत समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेषभूषा सङ्ग्रहित खाँदबारी नगरपालिका–४ पूर्ववडाध्यक्ष तथा स्थानीय सजित राईले बताउनुभयो । भवनमा राखिने सामग्रीले किराँत संस्कृतिको झल्को दिनेछ । उक्त भवन श्री जिम्बा– स्टार सैलुङ जेभी निर्माण कम्पनीले २०८० चैत ६ मा निर्माणको जिम्मा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण