इच्छुकको सम्झनामा समर्पित गीत ‘सलाम इच्छुक’को छायाङ्कन सकियो
काठमाडौँ । राज्यद्वारा हत्या गरिएका प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन गरिएको छ । महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत रहेको गीतमा रमण थामीको स्वर छ । सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेको इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको छ ।
‘गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो । इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौँ’ गीतकार दाहालले भने ।
संगीतकार कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए । ‘यो गीत कुनै साधारण श्रद्धाञ्जली होइन, यो एउटा क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो’, उनले भने । गायक रमण थामीले गीत गाउँदा आफू भावुक भएको बताए ।
कृष्ण सेन इच्छुक तत्कालीन जनयुद्धकालमा, २०५९ साल जेठ १३ गते राज्यका सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गरी यातना दिएर हत्या गरेका थिए । उनको हत्या पछिको समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठुलो चर्चा पाएको थियो । गीत ‘सलाम इच्छुक’लाई केही दिनभित्रै भिडियोसहित युट्युब र सामाजिक सञ्जालमार्फत सार्वजनिक बताइन्छ ।
जनयुद्धकालका साहित्य संगीतका अगुवा तथा नेता मणि थापाका अनुसार क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने माध्यम बन्ने विश्वास गरिएको छ ।
सेनसँगै लामो समय संगत गरेका साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यसले गीत संगीतमा इतिहासको मूल्यांकनमा नयाँ मानक स्थापित गर्न मद्दत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण