इँटाभट्टमा हुर्किएकी गोमाको डाक्टर बन्ने सपना साकार पार्दै मीनबहादुर गुरुङ
एमबीबीएससम्म पढाउने जिम्मा लिए
बिहीबार, १९ असार २०८२, १६ : ३८
सारांश
- एसईई परीक्षामा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई मीनबहादुर गुरुङले एमबीबीएस पढाउने भएका छन्।
- भक्तपुरको इँटाभट्टामा बस्दै आएकी श्रेष्ठले एसईईमा उत्कृष्ट नतिजा ल्याएकी थिइन्।
- आर्थिक अवस्था कमजोर भएकी श्रेष्ठको सपना पूरा गर्न गुरुङले सहयोग गर्ने भएका हुन्।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमबीबीएससम्म पढाउने जिम्मा लिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी श्रेष्ठ गत शुक्रबार प्रकाशित एसईईको नतिजामा ४ जीपीए ल्याएकी थिइन् ।
भविष्यमा डाक्टर बन्न सपना साँचेकी उनको आर्थिक अवस्था कमजोर भएको थाहा पाएसँगै गुरुङले एमबीबीएससम्मै पढाउने जिम्मा लिएका हुन् । बिहीबार उनलाई भेटेर गुरुङले पढाउने जिम्मा लिएका हुन् ।
चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनी सानैदेखि बाबुआमाले काम गर्ने इँटाभट्टामा हुर्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण