उच्चले उल्ट्याइदियो मधेस प्रदेश मन्त्रिपरिषद्को निर्णय, तत्काल कार्यान्वयन नगर्न आदेश
जनकपुर । उच्च अदालत जनकपुरले मधेस सरकारको मन्त्रिपरिषद्को निर्णय उल्ट्याइदिएको छ ।
उच्च अदालतले जनकपुरले आज एक फैसला गर्दै मधेस सरकारले कर्मचारी खटाउने गरेको मन्त्रिपरिषद्को निर्णयलाई बदर गरिदिएको हो ।
मधेस सरकारले असार १२ गते स्वास्थ्य मन्त्रालयअन्तर्गत निमित्त प्रमुखका रूपमा एक जना कर्मचारीलाई खटाउने गरेको निर्णयलाई बिहीबार उच्च अदालतले बदर गरेको हो ।
उक्त मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखमा राजीव झालाई थप कामकाजको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सोही केन्द्रमा रहेका ११ औं तहका जेनरल हेल्थ सर्भिसेसका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहालाई सरुवा गर्दै उनको ठाउँमा १०औँ तहका झालाई थप जिम्मेवारी दिइएको थियो ।
प्रदेश सरकारले आफूमाथि अन्याय गरेको भन्दै डा.कुशवाहाले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवालले असार १२ गते मधेश प्रदेश मन्त्रिपरिषद्ले कामकाजमा खटाउने गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।
निवेदक कुशवाहासहित विपक्षी मधेस सरकारलाई २७ गतेको पेसीमा आउन पनि निर्देशन दिँदै त्यस अवधिमासम्म थप जिम्मेवारीमा कुनै कर्मचारी नखटाउन आदेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण