एलिनालाई साथ दिँदै महेश बस्नेतले भने– प्रहरीको यस्ता कारबाहीहरूलाई समर्थन गर्नैपर्छ
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले गायिका एलिना चौहानले चालेको कदममा समर्थन जनाएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका एलिनाले चालेकाे कमदमा समर्थन जनाएका हुन् ।
पूर्व मन्त्री समेत रहेका बस्नेतले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा गायिका चौहानको कदममाथि समर्थन जनाउँदै लेखेका छन्,'गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेछ।नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी ठेगाना भई हाल ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय राईलाई चौहानको जाहेरीका आधारमा नियन्त्रणमा लिएको हो । राईले चौहानका तस्बिर र भिडियोमा नकारात्मक र अपमानजनक टिप्पणी गर्दै सामाजिक सञ्जालमा दुर्व्यवहार गर्दै आएको प्रहरीले जनाएको छ । पछिल्लो समय साइबर ब्युरोले गरेका यस्ता कारबाहीहरूलाई समर्थन गर्नै पर्दछ।'
पछिल्लो समय गायिका एलिनाले आफूविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्दै आएकी छन् । उनले सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि साइबर ब्युरोमा समेत उजुरी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण