११ निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।
- कार्यालयले सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ।
- स्पष्टीकरण नआएमा ती कम्पनीहरू निश्चित अवधिसम्म सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो।
विभिन्न सरकारी निकायको सिफारिसमा यी कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो। सूचनाअनुसार, कालोसूचीमा राख्न नपर्ने कुनै आधार र प्रमाण भए पेस गर्न ३० दिनको समय दिएर पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ (४क) बमोजिम यो कदम चालिएको कार्यालयले जनाएको छ।
तोकिएको ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिनेछ। कालोसूचीमा परेपछि उनीहरूले निश्चित अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण