बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा मन्त्रालय प्रयत्नरत छ : मन्त्री थापा

शुक्रबार, २० असार २०८२, १६ : १६
शुक्रबार, २० असार २०८२

सारांश

  • बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागुपदार्थ नियन्त्रणमा मन्त्रालयको प्रयास रहेको बताए।
  • मन्त्री थापाले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न चेतना कार्यक्रमको आवश्यकता औंल्याए।
  • स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रणका लागि परीक्षण किट हस्तान्तरण गरेको छ।

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन् । उनले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै गएकोप्रति सरकार गम्भीर रहेको बताए ।

शुक्रबार लागूऔषध सेवन परीक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको बताए । एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुने मन्त्री थापाको भनाई छ । लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको उनको बताए ।

लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए । लागू तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी अनुमति पत्र (लाइसेन्स) खारेजको प्रक्रिया सम्बन्धित मन्त्रालयहरूको समन्वयमा अगाडि बढाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले कुलत नियन्त्रणका लागि वर्षैभरि लागू र मादक पदार्थ सेवन परीक्षण कार्यक्रम चलाउनुपर्नेमा जोड दिइन् । बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागूपदार्थ प्रयोगबाट हुने दुर्घटना र आपराधिक गतिविधि उल्लेखनीय रूपमा बढेको जानकारी दिए । सवारी चालकमा लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम बढी रहेको उनले बताए । लागूपदार्थ दुर्व्यसनबाट किशोर तथा युवाहरू बढी जोखिममा रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न १ हजार ३४० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप